Hamro Patro – A single app for all Nepali – Calendars, News, Radio and much more.

Hamro Patro

A single app for all Nepali – Calendars, News, Radio and much more.

Hamro Patro screenshot 0Hamro Patro screenshot 1Hamro Patro screenshot 2Hamro Patro screenshot 3Hamro Patro screenshot 4Hamro Patro screenshot 5Hamro Patro screenshot 6Hamro Patro screenshot 7Hamro Patro screenshot 8Hamro Patro screenshot 9

प्रस्तुत छ एउटा अद्वितीय डिजिटल स्वरूपको नेपाली पात्रो जसका कारण तपाइले नेपाल सम्बन्धि महत्वपूर्ण घटना, चाडबाड, उत्सव, कर्मकाण्डी रीति-तिथी आदि केहि पनि छुटाउनु पर्नेछैन । अनेक रंग, वर्ण, जात-जाति, भेष-भूषाले सजिएको नेपाली पहिचानमा तपाइको भूगोल, संस्कार र उत्सवसंगको सामिप्यताकालागि तपाइलार्इ जोडि राख्नेछ “हाम्रो पात्रो” ले । एउटा पात्रो भन्दा बढि तपाइको दैनिक जीवनमा तत्काल आवश्यक आइपर्ने अनेक जानकारी दिने मित्र “हाम्रो पात्रो” ।
विशेषताहरूः
अब नेपाली चाडबाड विशेष
* दसैं, तिहार
* चाडबाड सम्बद्ध नेपाली सांगीतिक धूनहरू
* चाडबाड विशेष र्इ-कार्डहरू
* नेपाली चाडबाड तथा संस्कृतिबारे अरू थुप्रै जानकारी
अब Material डिजाइनका साथ * मौसम, दैनिक महानवाणि र थुप्रै अन्य विशेषताहरूका साथ ।
०१) नेपाली पात्रो
क) वर्तमान समय र तिथी र महत्त्वपूर्ण दिनहरू समेटिएको १ सय वर्षसम्मको नेपाली पात्रो ।
ख) आगामी महत्वपूर्ण दिनहरू हेर्नुहोस् ।
ग) महत्वपूर्ण चाडबाडहरू र संस्कृति बारे यथेष्ट जानकारी प्राप्त गर्नुहोस् ।
घ) तिथि रूपान्तरण – बिक्रम सम्बत् (BS) बाट इस्वी सम्बत् (AD) तथा इस्वी सम्बत् (AD) बाट बिक्रम सम्बत् (BS)

०२) नेपाली एफएम रेडियो
क) तपाइको मनपर्ने सयौं नेपाली एपफएम रेडियोहरू सुन्नुहोस्।
ख) प्रभावकारी रेडियो प्लेयर, एपफएम रेडियो बारे सम्पर्क विवरण, कार्यक्रम तालिका, एपफएम रेडियोको लोगो सहित ।
ग) एपफएम रेडियो प्रारम्भ तथा बन्द हुने समय ।
घ) एफएम रेडियोको मनपर्ने सूची बनाउन मिल्ने ।
ङ) एफएम स्टेशनको नाम अथवा सोको ठेगाना (जिल्ला, स्थान) बाट Search गर्न सकिने । साथै एफएम रेडियोको सूची क्रमानुसार, हाम्रो पात्रोमा बढि सुनिने लोकप्रिय एफएम अथवा वर्ण अनुसार सूचिकृत गर्न सकिने ।
च) Android मिडिया framework मा एकिकृत जसले Lock-Screen तपाइले सुनिरहनुभएको एफएम रेडियोको लोगो तथा रेडियो Player नियन्त्रक देखाउँछ ।

०३) ताजा समाचार
क) पलपलको ताजा समाचार ।
ख) विश्वस्निय समाचार श्रोतहरूका खबर
* उज्यालो खबर, अनलार्इन खबर, अन्नपूर्ण पोष्ट, पहिलो पोष्ट, रातो पाटी, स्वास्थ्य खबर, नेपाली पोष्ट आदि ।
ग) महत्वपूर्ण Breaking समाचार सिधै तपाइको मोबाइलमा ।

०४) सूचना ब्लग
क) नेपाली संगीत
ख) नेपाली चलचित्र
ग) नेपाली साहित्य
घ) नेपाली चाडबाड
ङ) कथाहरू

०३) विदेशी विनिमय दर
क) राष्ट्र बैंकले निर्धारण गरेका दैनिक विदेशी विनिमय दर ।
ख) विनिमय दरका अघिल्ला ३० दिन भित्रका उतार चढाव सहितका रंगीन ग्राफ ।
ग) अन्य थुप्रै देशका मुद्राबाट नेपाली रूपैयाँ को मूल्यका लागि विनिमय उपकरण पनि ।

०४) सुन र चाँदी दर
क) नेपाल सुन चाँदी व्यवसायी संघद्वारा निर्धारीत सुन र चाँदीको दैनिक कारोबार मूल्य ।

०५) राशिफल (कुंडली)
क) नेपाली दैनिक राशिफल हेर्नुहोस् ।

०६) अनुप्रयोग (App) विजेटहरू
क) पाँच सुन्दर र रंगीन विजेट ।
ख) १x१ सानो विजेट, ४x१ आज (मिती) विजेट, ४x२ महिना विजेट र रेडियो विजेट सहित
ग) जेबी उपकरणहरू लागि Lock-Screen विजेट (४.२)

०७) अब चाडपर्व अपडेट
तपाईं दसैं तिहार धून र सो सम्बन्धि गीत संगीत तथा विशेष रेडियो सामाग्रि सुन्न सक्नुहुनेछ । नेपाली चाडबाड सम्बन्धि विशेष तस्बिरहरू समेटनुका साथै चाडबाडसंग सम्बन्धि नेपालीपन समेटिएका साझा ई-कार्ड र लोकप्रिय एसएमएसहरू राखिएका छन् जसलार्इ सन्देश पठाउन अथवा विभिन्न सामाजिक सञ्जालबाट प्रसार गर्न सक्नुहुनेछ ।

०८) नेपाली जन्मदिन
प्रस्तुत छ हाम्रो पात्रोको नयाँ सुविधायूक्त सुविधा परिचय “नेपाली जन्मदिन” । अब, तपाईं नेपाली मिति अनुसार तपाईंको आफन्त, प्रियजन तथा मित्रजनको जन्मदिन देख्न सक्नुहुनेछ । साथै, तपाईँले वहाँहरूको जन्मदिनमा र्इ-कार्ड समेत तत्कालै विभिन्न सामाजिक सञ्जालहरूमार्फत् पठाउन सक्नुहुन्छ ।

०९) फोटो ग्यालेरी
हाम्रो पात्रोको फोटो ग्यालेरीमा गएर अब तपाईं नेपालसंग सम्बन्धित विविध विधाका सुन्दर तस्बिरहरू हेर्न र आफ्नो मोबाइलमा वालपेपरको रूपमा तस्बिरहरू सेट गर्न सक्नुहुनेछ ।

*** यो अनुप्रयोग FFmpeg (ffmpeg.org/) र LibMMS (Launchpad.net/libmms) को असंशोधित संस्करण (0.8) को LGPLv2.1 अन्तर्गत इजाजत प्राप्त छ ।

Download apk file for your android phone: https://goo.gl/aHdpnV

Leave a comment